ABC (क्राईमबिट)
दाङ । उपमहानगरपालिका-१० नारायणपुर स्थित दुर्गा केसीको घरमा अवैध साल जातको चिरान काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले २७ थान ४५ क्यू.फिट काठ बरामद गरेको हो ।
साथै आवश्यक कानूनी कारवाहीको लागी डिभिजन वन कार्यालय घोराहीमा पठाइएको दाङ प्रहरीले जनाएको छ ।