१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

किन आउछन दुर्गेश पटक पटक विवादमा हप्पी तिहार चिसो बियर पछी ख्यास्स पुतलीली फेरि विवादमा

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८

(ABC-Sanchar)
काठमाडौं । महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै गायक दुर्गेश थापा पूनस् विवादमा तानिएका छन्। उनको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ युट्युव रिलिज भएको एकसातामै विवादमा तानिएको हो । आफ्नो अघिल्लो गीत ‘बीच्च बीच्चमा’को चौंथो सिरिजको रुपमा दुर्गेशले यो गीत बजारमा ल्याएका थिए।

उक्त गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेको भन्दै शब्दहरु फेरबदल गर्न ध्यानाकर्षण गराएको छ ।

पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ । तर, गायक थापाले आफूले गीत नहटाउने र शब्दहरु फेरबदल गर्ने अडान लिएका छन् ।

जुलाई २३ मा रिलिज भएको उक्त गीत दुर्गेशकै संगीत, शब्द र आवाजमा रेकर्ड भएको हो । युट्युवमा शुक्रबारसम्म ११ लाखभन्दा बढीले यसलाई हेरेका छन् । अघिल्लो वर्ष पनि तीज गीतकै कारणले यनी विवादमा तानिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

error: Content is protected !!