१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बिमा कम्पनीहरुको कर्जा ब्याज बैंकको भन्दा धेरै महँगो

Logo
प्रकाशित मंगलबार, साउन १९, २०७८


(ABC-Sanchar)
काठमाडौं । बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् ।

बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरुले बैंकको भन्दा बढी ब्याज असुल्दै आएका हुन् ।

हाल बजारमा बाणिज्य बैंकको ब्याजदर एक अंकमा रहेको छ । तर बिमा कम्पनीहरुले भने १० प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुमध्ये सबैको ब्याजदर १० प्रतिशतभन्दा बढी छ ।
कारोबार दैनिकबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!