१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

भोलेन्टियर समुह बिरगंजद्वारा २८ औं सप्ताह नेपालको मुख्य प्रवेशद्वार वरिपरि सरसफाइ

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८


(ABC-Sanchar)
बिरगंज । भाेलेन्टियर समुह वीरगंजले फेरी पनी नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटकाे सरसफाई अभियान शुरु गरेकाे छ । बिरगंज स्थित रहेकाे नेपालको मुख्य प्रबेशद्वार शंकराचार्य र त्यस वरिपरिकाे क्षेत्रकाे सफाइ गरिएकाे भाेलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तवले जानकारी दिनुभयो । कोभिड- १९ को पहिलो प्रभाव शुरु हुन अगावै शुरु गरिएको सरसफाई कार्यक्रम संक्रमण बढन थालेपछी २६ औ हप्तामा फेरी संचालन गर्ने गरी समापन गरिएको संयोजक श्रीवास्तवले बताए ।

त्यसैगरि सरसफाई कार्यक्रममा विगतका जस्तै वीरगंज महानगरपालिकाले दमकल पठाएर सहयाेग गरेकाे र भाेलेन्टियर समुहले शंकराचार्यद्वारकाे सरफाईलाई निरन्तरता दिए पछि साे क्षेत्र पहिला भन्दा सफा देख्न थालेको थियो तर अभियान रोकिएपछी र संक्रमणले गर्दा फेरी समस्या उस्तै भएकोले अभियान पुनः संचालन गरेको समुहका बिनय गुप्ताले बताए ।

वीरगंजका नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा भएकाे सरसफाई कार्यक्रममा विशिष्ट अतिथी प्रजिअ पिताम्बर घिमिरे, प्रहरि उपरीक्षक बेलबहादुर पान्डे , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, अनुसन्धान उपरीक्षक टीका पौडेल, अमन गुरुवाचार्य, पप्पु श्रीवास्तव, प्रकाश खेतान, दिलिप राज कार्कि , समुहका कमलेश कुश्वाहा, विंकी सरार्फ, राधेश्याम गुप्ता, शेष हजरा, राज सरार्फ, किशन सरार्फ, अनिल हजरा, आकाश सरार्फ लगायतकाे सहभागीता रहेको थियो भने नगरप्रमुखले लामो समय देखि सरसफाइ कार्यक्रमलाई निरन्तरता दिनु भएकोमा समुहलाइ धन्यवाद दिनु भएको र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले शुभकामना ब्यक्त गरेका थिए ।

बिरगंज रक्सौल नाका प्रबेशद्वार क्षेत्र साप्ताहिक सरसफाई अभियानको २८ औ हप्ताकाे सरसफाई कार्यक्रममा शस्त्र प्रहरी, सफाईकर्मी र युवाहरूको सक्रिय सहभागिता रहेको र सरसफाई पछि राष्ट्र गान बजाईएको सदस्य कमलेश कुश्वाहाले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!