बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ।
भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने
एसपी जिसीको निर्देशन नाका र भित्री रुटमा कडाइ: रुपैडिया, नेपालगञ्ज र आसपासका गाउँका बाटोमा चेकपोष्ट बढाउने सूचना संकलन गरेर भण्डारण गर्ने ठाउँमा आकस्मिक छापा
तस्कर र बिचौलियालाई पक्राउ सानो वाहकदेखि ठूला सञ्जालसम्मको खोजी
पछिल्लो समय बाँके प्रहरीले एसपी जिसीको कमान्डमा भन्सार छलिको सामानमा निकै कडाइ गरेको छ। केही दिनअघि मात्रै १ लाख बराबरको लत्ताकपडा, इलेक्ट्रोनिक र खाद्य सामान बरामद गरेको थियो। त्यसै क्रममा सुर्तिजन्य पदार्थको तस्करी पनि बढेको देखिएपछि अब खुकुरी चुरोटलाई पनि टार्गेट गरिएको हो।
नेपाल सरकारले सुर्तिजन्य पदार्थमा उच्च कर लगाएकोले भारतीय बजारबाट तस्करी गरेर ल्याउने ट्रेन्ड बढेको छ। यसले राजस्वमा घाटा हुने र स्वास्थ्यमा पनि असर गर्ने भएकाले प्रहरीले अभियानलाई निरन्तरता दिने बताएको छ।