१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

सशस्त्र प्रहरी बर्दियाले ब्राउन सुगरसहित एक जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन २४, २०७८

(महेन्द्र सिंह)
बर्दिया । लागुऔषध ब्राउन सुगरसहित एक जनालाई सशस्त्र प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले बाँके खजुरा गाउँपालिका–८ बिरपुर बस्ने २२ वर्षिय सुमित सुनारलाई पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध ब्राउन सुगर फेला परेको हो ।

सशस्त्र प्रहरीले सुनारको साथबाट ९ ग्राम ब्राउन सुगर, नगद १० हजार नेपाली रुपियाँ, एउटा मोबाईल र मिठाईसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटर बर्दियाको मातहत फरवार्ड बेश फुटाहाबाट सशस्त्र प्रहरी नायव निरीक्षक भिम बहादुर वलीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो ।
सुनारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!