१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

अब नेपालमा महिला सशक्तीकरण हुन अावस्यक : निर्मला बिक

Logo
प्रकाशित आइतबार, साउन २४, २०७८


(ABC-Sanchar)
दाङ । ५२ प्रतिशत महिलाको सङ्ख्या रहेको हाम्रो मुलुकमा कुनै पनि सहभागीमुलक कार्यक्रम होस वा राजनितिक देखि सामाजिक क्रियाकलापमा होस सहभागिता न्यून देखिन्छ कानुनतह लिखतमा ३३% भनेपनि व्यवहारमा महिलाको सङ्ख्या प्राय कमै देखिन्छ ।
सङ्ख्यातमक महिलाको को प्रतिशत बढी रहेपनि परम्परागत पुरूष प्रधान देश हावि हुँदै अाएको हाम्रो नेपाल मा हरेक सामाजिक कार्यक्रम , राजनिती सहभागिता र नेतृत्व मा पुरूष नै हावि हुनेगरेको ज्वलन्त उदाहरण हरू देख्न सकिन्छ । यद्यपि महिलाको सहभागीता न्यून हुनुमा पुरूष मात्रै दोषी छैनन स्वयं महिला पनि उतिकै दोषी छन । पहिलो अाफै अग्रसरता नहुनु दोस्रो घरपरिवार बाट प्रतिबन्ध गराईनु , तेस्रो सामाजिक जनचेतना को कमि , चौथो महिला द्वारा महिलाको खुट्टा तान्ने प्रवृत्ति हावि हुनु ।
शहरिया महिलाहरू को तुलनामा गाउँका महिलाहरू बढी पछाडि परेका छन । महिलामा पनि दलित महिला हरू अझ बढी शोषणमा परेका छन , अझ बढी प्रताडित हुने गरेका छन ।
अाम महिलाहरू सामाजिक अवसर बाट वञ्चित हुनेगर्छन तर दलित युवती र महिलाहरू , सामाजिक अवसर संगै जातीय बिभेदको शिकार समेत हुनेगर्छन । हत्या हिंसा , बलात्कार को सिकार पनि प्राय दलित महिला र युवती हरू नै हुनेगर्छन ।अन्य महिलाको तुलनामा दलित महिला का लागि अझ बढी चुनौती को सामना गर्नुपर्ने हुन्छ । त्यसैले दलित महिलाले समाजमा सम्मानपुर्वक बाच्न का लागी कम्मर कसेर अघि बढ्न जरुरी देखिन्छ समाजमम अाफुलाई स्थापित गर्न खरो रूपमा उत्रनुपर्ने देखिन्छ ।
अधिकार मागेर पाईदैन खोसेर लिन सक्नुपर्दछ भन्ने नारालाई सिद्द गर्न जुन महिलाले चासो लिनेगर्छन जुन महिलाले अधिकारका लागि दुई कदम अघि बढाउँदछन ती महिलाले अवस्य पनि सफलता पाउनेछ पुरूष संग हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्नेछन । विगत डेढ दशक उताको अांकलन हेर्ने हो भने केही परिवर्तन अवस्य भएको छ । अांसिक शिक्षा हासिल गरेका तथा सामाजिक प्रतिबन्ध ले घरको चुला चौकामा सिमित रहेका महिला हरूले हामिले पनि केही गर्न सक्छौ भनी अघि बढ्न थालेका छन परिणामस्वरूप अहिले केही महिलाहरू सभासद छन , मन्त्री छन , केही महिलाहरू एन जी अो , अाई एन जी अो क्षेत्रमा जिम्मेवार पदमा छन कतिपय महिला सरकारी सेवामा छन भने कति सेना प्रहरी मा छन । तर त्यतिले मात्रै पुग्दैन , किनकि सङ्ख्यामा ५२ % रहेपनि लिखित मा ३३% सहभागिता हुनुपर्ने कानुनतह उल्लेख गरिएको छ तर व्यवहारमा महिलाको सहभागिता नगण्यरूपमा देखिन्छ ।
उदाहरणका लागि नौ जनाको कुनै समिति बनाउँदा अनिवार्य ३ जना हुनुपर्नेमा एक वा दुई जना हुनेगर्छन । तसर्थ अब महिलाले घरको चुला चौका मा मात्रै सिमित नरहि सामाजिक क्रियाकलापमा बढीभन्दा बढी चासो लिन जरुरी देखिन्छ । हातमा हाथ कांधमा कांध मिलायर अघि बढ्नुपर्ने हरेक महिला स्वयं मा जिम्मेवारी अाएको छ ।
महिला सशक्तीकरण हुन सकेमा सामाजिक विकास संगै देश निर्माणका लागि पनि उत्तिकै महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन हरेक पुरूषले हेक्का राख्नु पर्छ ।
जाग नारी जाग
अब एक भएर जाग देस बदल्नु छ तिमिले
देस रङ्गाउनु छ तिमिले
जाग नारी जाग।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!