१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

रौतहट प्रहरीले १० लाख नक्कली नोटसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८


ABC (क्राईमबिट)
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले करिब १० लाख बराबरको नक्कली नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ कालिमन्दिर नजिकैबाट प्रहरीले नौ लाख ९३ हजार बराबरको नेपाली नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई एक हजार नेपाली दरको नक्कली नोटसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बट्टेश्वर गाउँपालिका–४ धनुषाका शत्रुधन वरई ठाकुर, बर्दीबास नगरपालिका–९ महोत्तरीका रन्जित महतो र भङ्गहा नगरपालिका–४ महोत्तरीका दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!