१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नेपाल प्रहरीका महानिरीक्षक क्षेत्रीलाई पीडित:श्रीमती देवा जिसीको (खुलापत्र)

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८


(सागर थापा)
काठमाडौं । रास्ट्र सेवक प्रहरी जवान र परिवारको बास्तबिक पिडा
नेपाल प्रहरी संगठन आफैमा यस्तो पबित्र मन्दिर हो। हामी सबैलाई थाहा भयकै कुरा हो। एक प्रहरी बन्नको लागी हामी कति कडा मेहनत र संघर्ष गरि विभिन्न वाधा पार गर्दै मेडिकल फिट भय पछि मात्र नेपाल सरकारले नियुक्ती पत्र दिन्छ। सबैलाई अबगत नै छ। तर कुनै पनि प्रहरी कर्मचारी देश र जनताको सेवाको निमित्त डिउटि निर्वाह गर्दा गर्दै उस्को जागीर अवधि१२बर्ष बित्छ। देश र जनताको निमित्त काम गर्दा गर्दै उ एक दिन दीर्घरोग (क्यान्सरको) सिकार हुन पुग्छ। हस्पिटल जान्छ चेक् जाच गराउछ, डाक्टरको सल्लाह अनुसार केही समय आरामको आवश्यकता पर्छ। पुन :हस्पिटल हाजिर हुन आउने गरि केही दिन हापे बिदा जान्छ। तर हापे बिदा अबधी अगाबै सोहि रोगकै कारण मृत्यु हुन पुग्छ। मृत्यु भयको कुरा हस्पिटल अनि दरबन्दीमा जानकारी हुन्छ। घर परिवारमा ठुलो बज्रपात पर्छ। मृतकका २ वटा नाबालक टुहुरा छोरा छोरी अनि श्रीमती हुन्छे। अब ती श्रीमती अनि टुहुरा छोरा छोरीको भबिस्य कस्ले हेरि दिने यस्तो परिस्थितिमा उसको घर परिवारलाई राज्यले प्रोत्साहन गर्नु पर्ने श्रीमतीलाई असाधारण पारिवारिक निबृतिभरण हुनु पर्ने हो। यसै पेन्सनको सिलसिलामा धेरै ठाउमा हारगुहार गर्दै ति टुहुरा नाबालक छोराछोरी साथमा बोकेर नेपाल प्रहरीको सबै भन्दा उच्च ब्यक्ती प्रहरी महानिरीक्षक देखि गृहमन्त्री मन्त्रालयको घर दैलोमा ढाेका घच्घच्याउन पुग्छे। तर कसैले पनि वास्ता गर्दैनन कतैबाट सुनुवाइ हुदैन राज्यले बाल बच्चाको लागि भय पनि शिक्षा , स्वास्थ्य देखि लियर सम्पुर्ण जिम्मा लिनु पर्ने हो। राज्यले नत पेन्सनको बेबस्था मिलाइ दिन्छ। नत छोराछोरी को भबिस्य..? अब उनिहरुको भबिस्य कुन मोडतर्फ मोडिने हो.? साझ बिहानको छाक कसरी टार्ने हो.? यस्तो किसिमको पिडा त्यो मृतकको श्रीमतीलाई मात्र होइन, भोलिको दिनमा गएर तपाईंको पनि आफन्त कुनै रोगको सिकार हुनु पर्ला.. सबैजनाको यस्तै हालत भयो भने राज्यबाट अपहेलना हुनु पर्यो भने अब आउने दिनहरुमा रास्ट्रसेवक कर्मचारीले कुन मनोबलका आधारमा देश र जनताको सेवामा खटिएलान्.? कसरी आफ्नो कर्तव्य निर्वाह गर्लान् .? उच्च अहोदामा रहनु भएका मन्त्रीज्युहरु यो एक बिधुवा नारिको मात्र पिडा होइन, उ जस्ता धेरै पीडित छन् तपाईंकै छोरी चेली सम्झेर सोच्नुस् त तपाईं हामी पनि एक पटक सोचौ राज्यलाई खबरदारी गरौ। ताकी अब उनी नारीले जस्तो पिडा अरु कुनै नारीले भोग्न नपरोस। जय नेपाल।।।🙏
सत्य-यथार्थ घटना सम्बन्धि नेपाल प्रहरी जवान तथा सिङ्गो प्रहरी संगठन प्रती समर्पित लेखलाई धेरै भन्दा धेरै सेयर गरि नैतिक सहयोग गरिदिनुहुन विनम्र आग्रह तथा अनुरोध गर्दछु। #जय_मार्तिभुमी_नेपाल_आमा🇳🇵🇳🇵
पीडित :- श्रीमती देवा जि.सी.
प्युठान नगरपालिका -१ खैरा गजुरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!