१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

रेशम चौधरी रिहा नभए थरूहटद्वारा भूमिगत आन्दोलनको चेतावनी

Logo
प्रकाशित मंगलबार, साउन २६, २०७८

(ABC-Sanchar)
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका रेशम चौधरीलाई राजनीतिक रुपमा प्रयोग गरिरहेको आरोप थारु अगुवाहरुले लगाएका छन् ।

रेशम चौधरी रिहाइ अभियानमा लागेका सुरेन्द्र चौधरीले रेशमको नाममा राजनीति भएको भन्दै आक्रोश पोखे । चौधरीले भने, ‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीतिक भइरहेको छ ।’ जसपाको महन्थ ठाकुर पक्षले रेशम चौधरीको एजेण्डा बोकेर तत्कालीन केपी ओली सरकारमा सहभागी भएपनि कुनै उपलब्धी हुन नसकेको र थारुको समस्या भने ज्यूँकात्यूँ रहेको आरोप लगाए ।

निर्वाचन आयोग जसपा नेपालको आधिकारिकताको मतदान हुँदा रेशम चौधरीको तानातान हुँदा आफूलाई आश्चर्य लागेको पनि बताए । उनले भने, ‘जसपालाई रेशम चौधरी किन चाहिएको कुरा निर्वाचन आयोगमा प्रष्ट भयो, संसदमा उहाँको मत नचल्ने तर निर्वाचन आयोगमा मत चल्ने यो कुराले रेशम चौधरी उनीहरुलाई किन चाहिएको कुरा पुष्टि भएको छ ।’

थारुहरुले शान्तिपूर्ण तरिकाले आफ्नो अधिकार लिन चाहेको भन्दै उनले चौधरीलाई नछाडिए थारु युवाहरु भूमिगत आन्दोलन गर्न तयार रहेको उनले चेतावनी दिए । उनले भने, ‘हामी शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौं, तर रेशम चौधरीलाई छाडिएन भने अर्को तरिकाको आन्दोलन गर्न पनि तयार छौं ।’

अर्का थारु अगुवा चन्दन चौधरीले पनि टीकापुर आन्दोलनलाई धेरै नेताले प्रयोगमा ल्याएको धारणा राखे । उनले भने, ‘संसदमा थुप्रै थारु छन्, मन्त्रीहरु पनि थिए तर थारुको बारेमा कसैले केही बोलेनन्, बरु एमसीसीको बारेमा बोले, अन्य विषयहरु उठाए तर थारुको मुद्दाबारे, रेशम चौधरीको रिहाइ बारेमा बोलेनन् ।’

नागरिक आन्दोलनका अगुवा युग पाठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीले चौधरीको रिहाइ गर्ने भनेर भ्रम मात्रै छरेको बताए । थरूहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते विद्रोह दिवस मनाउने घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!