१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै

Logo
प्रकाशित बुधबार, साउन २७, २०७८

(ABC-Sanchar)
बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा आज मतदान हुँदैछ। जसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।

आजको बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने जनाइएको छ। अविश्वासको प्रस्तावमाथि आज नै मतदानसमेत हुनेछ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्री बनाउने गरी विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। कुल ८० सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ। सत्तारुढ दल एमालेका ३८ सांसद छन्।

विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी विपक्षी गठबन्धनमा ४१ सांसद छन्।

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको छ। माओवादी केन्द्र र कांग्रेसले ८/८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका हुन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको तेस्रो पटकको अविश्वासको प्रस्तावपछि संसद्‌मा मतदान हुने अवस्था बनेको हो।

यता, सत्तारुढ दल एमाले भने विशेष अधिवेशनको विरुद्धमा अदालत गएको छ। मंगलबार ’हेर्दा हेर्दै’मा सकिएको उक्त रिटको सुनुवाइ आज हुँदै छ।

लुम्बिनीमा सरकार परिवर्तन हुने अघिल्लो दिन भाैतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएका छन्। उनले मंगलबार राति मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन्।

उनले सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको उल्लेख गरेका छन्।

मंगलबार नै जसपाको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको र सोही निर्णयअनुसार राजीनामा दिएको उनले बताएका छन्।

जसपाबाट मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डेयले भने राजीनामा दिएका छैनन्। गत वैशाख ६ गते पोखरेल नेतृत्वको मन्त्रिपरिषद्‍मा मन्त्री बनेका तीनै जनालाई जसपाले कारबाही गर्दै सांसद पदबाट हटाउन प्रदेश सभा सचिवालयलाई सिफारिस गरेको थियो।

सोहीबमोजिम प्रदेस सभा सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो। त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालतमा पुगेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण तीनै जनाको सांसद पद गुमिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!