१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

प्रश्नपत्र चोरी प्रकरणः सइसहित प्रहरी बर्खास्त हुने,एसपीमाथि समेत कारबाही हुने

Logo
प्रकाशित बुधबार, साउन २७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको प्रि स्याट परीक्षामा प्रश्नपत्र चोरी प्रकरणमा तीन प्रहरी बर्खास्त हुने भएका छन् । छानबिन समितिले तीन प्रहरीलाई बर्खास्त गर्न र एसपीसहितका अन्य प्रहरीलाई अन्य प्रकारका विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

डिआइजी बसन्त कुमार लामा नेतृत्वको छानबिन समितिले बुधबार प्रहरी महानिरीक्षक बसन्त कुमार लामालाई प्रतिवेदन बुझाएको हो । समितिलृ सइ जनकबहादुर थापा, हवल्दार कुमार साह र कार्यालय सहयोगी सुरेश बमलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

त्यस्तै अन्य एक दर्जन प्रहरीमाथि कारबाही सिफारिस भएको छ । यूएन शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाको मिलेमतो नभएपनि लापरबाही देखिएकाले उनलाई पनि कारबाही सिफारिस भएको छ । उनकै घर्राको साँचो चोरेर कार्यालय सहयोगी बमले प्रश्नपत्र चोरी गरेका थिए । जून प्रश्नपत्र हवल्दार शाहले अन्य प्रहरीलाई बिक्रि गरेका थिए । जसमा डिएसपी रुपेश खड्का लगायत छन् ।

चोरीएकै प्रश्नपत्रका आधारमा कतिपयले परीक्षा दिएको पुष्टि भएकाले परीक्षा रद्द हुने भएको छ । गत १५ र १६ साउनमा प्रि स्याट परीक्षा भएको थियो । जसमा करिब २५ सय प्रहरी सहभागी भएका थिए । करिब ३० जनाले चोरी गरेको प्रश्नपत्र प्राप्त गरेका थिए । दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!