(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले नेपालगन्ज गणेशमान चोक नजिकैबाट वेवारिसे अवस्थामा रहेको कपडा र विद्युतिय सामान बरामद गरेको छ ।
भन्सार छलिको कपडा र विद्युतिय सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरिएको करिव ८० हजार ७ सय रुपैयाँ बराबरको कपडा र विद्युतिय सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपानेले जानकारी दिनुभएको छ ।