१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पर्सा प्रहरीले १० लाख ६३ हजार सहित २ जना भारतीय पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

(रवी वर्वाल)
बिरगंज । अवैध हुण्डी रकम सहित प्रहरीले पर्साको बीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् ।

हुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । प्रहरीले उनिहरुको साथबाट भारतको बिहारस्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ । नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!