२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

बाँकेको नरैनापुर सीमा ‘स्मगलिङ हब’ बन्दैः करोडौंको तस्करीमा सुरक्षाकर्मीको मिलेमतो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १२, २०८२

बाँके । नरैनापुर गाउँपालिका वडा नम्बर २ अन्तर्गत लक्षनपुर गाउँ र रोशनपुरवा सीमा क्षेत्र पछिल्लो समय अवैध तस्करीको ‘टर्जिङ पोइन्ट’ बन्दै गएको स्थानीयवासीहरूले बताएका छन्। खुला सीमाको फाइदा उठाउँदै नेपाल–भारतबीच अवैध सामान ओसारपसार तीव्र रूपमा बढ्दै गएको र यसमा सुरक्षाकर्मीको ‘सेटिङ’ समेत रहेको आरोप सार्वजनिक भएपछि विषय गम्भीर बनेको छ।स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार इलाका प्रहरी कार्यालय भगवानपुर तथा प्रस्तावित सीमा सुरक्षा गुल्म नरैनापुरको क्षेत्राधिकारभित्र पर्ने उक्त सीमावर्ती क्षेत्रमा दिनहुँजसो करोडौं मूल्य बराबरका सामान सहजै ओहोरदोहोर हुने गरेको छ। “यहाँ सुरक्षाकर्मी र तस्करबीच मिलेमतो भएको जस्तो देखिन्छ, खुलेआम सामान आउजाउ हुन्छ,” एक स्थानीयले नाम नखुलाउने सर्तमा भने।

स्थानीय स्रोतका अनुसार ‘नन्कु खा’, ‘ताजुद्दिन खा’, ‘पिल्लु अन्सारी’ र ‘बर्कत’ नाम गरेका व्यक्तिहरूको समूहले संगठित रूपमा तस्करी सञ्जाल सञ्चालन गर्दै आएको आरोप छ। उनीहरूको समूहले सीमावर्ती क्षेत्रलाई आधार बनाएर नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ अवैध सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ।

यसैक्रममा, चैत १० गते मङ्गलबार राति सोही क्षेत्रबाट ठूलो परिमाणमा चन्दनको काठ तस्करी भएको घटना सार्वजनिक भएको छ। स्थानीयका अनुसार नरैनापुर–लक्षनपुर–रोशनपुरवा नाकाबाट ट्रलीमा १९५ बोरा चन्दनको काठ भारततर्फ निकासी गरिएको थियो।
उक्त घटनापछि भारतीय पक्षबाट पनि कारबाही भएको जनाइएको छ। भारतको श्रावस्ती जिल्ला अन्तर्गत पर्ने सीमा क्षेत्रस्थित ककरदरी जंगलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र वन विभागको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मार्दा ३ वटा ट्र्याक्टर ट्रलीमा लोड गरिएको १९५ बोरा चन्दनको काठ बरामद गरिएको भारतीय संचार माध्यमले जनाएको छ।
यति ठूलो परिमाणमा चन्दन जस्तो बहुमूल्य काठ तस्करी हुनु सुरक्षा संयन्त्रकै कमजोरी वा मिलेमतो बिना सम्भव नहुने स्थानीयहरूको भनाइ छ। “यो घटनाले नेपालतर्फका सुरक्षाकर्मीको संलग्नता बिना सम्भव छैन भन्ने प्रष्ट संकेत गर्छ,” एक स्थानीयले बताए।
तस्करीको यस्तो गतिविधिले राज्यलाई राजस्व घाटा मात्र होइन, सुरक्षा चुनौतीसमेत थपिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। साथै, सम्बन्धित निकायले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग समेत उठेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]