२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा मोसो दल्नेलाई कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा ईमरजेन्सी बाहेकका सबै उपचार ठप्प

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंहमाथि कालो मोसो दलिएको घटनाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई आन्दोलित बनाएको छ। उक्त घटनाको बिरोधमा स्वास्थ्यकर्मीहरुले उपचार छोडेर सडक आन्दोलन थालेका छन्। गत शुक्रबार एमाले निकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार नेतृत्वको युवाको समूहले डा. सिंहमाथि उनकै कार्यकक्षमा प्रवेश गरि कालोमोसो दलेको थियो।

घटना भएको ३ दिन भैसक्दा समेत दोषीहरु पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन्। नेपाल चिकित्सक संघ दाङको आह्वानमा गरिएको आन्दोलनका कारण जिल्लाको उपचार सेवा आईतबारदेखि प्रभावित बनेको छ। जिल्लाभरका सरकारी तथा निजी अस्पतालहरूमा ईमरजेन्सी र प्रसूति सेवाबाहेकका अन्य सबै उपचार सेवा बन्द गरिएका छन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण उपचार सेवा ठप्प भएपछि बिरामीहरु मर्कामा परेका छन्। नेपाल चिकित्सक संघले डा. सिंहमाथि कालो मोसो दल्नेहरु पक्राउ नपर्दासम्म आन्दोलन नरोकिने बताएको छ। यसअघि चिकित्सक संघले शुक्रबार दोषीलाई पक्राउ गरि कारबाही थाल्न २४ घण्टाको अल्टिमेटम दिएको थियो।

‘दोषीहरुको पहिचान भैसकेको छ, तर पनि प्रशासनले उनीहरुलाई पक्राउ गर्न सकेको छैन,’ नेपाल चिकित्सक संघका जिल्ला अध्यक्ष कुबेर रेग्मीले भने, ‘हामीहरुको एउटा मात्रै माग हो, डाक्टरमाथि दुर्ब्यवहार गर्ने दोषीहरुलाई पक्राउ गरि कारबाही थाल्नु पर्यो।’

उपचार सेवा छोडेर सडक आन्दोलनमै उत्रिएका स्वास्थ्यकर्मीहरुले दोषीहरुलाई कारबाही नभएसम्म उपचार सेवामा नफर्कने चेतावनी दिएका छन्। ‘दोषीहरुमाथि कारबाही नथालिएसम्म हामीहरु उपचार सेवामा फर्कन्नौँ, हामी सडक आन्दोलनमै हुन्छौँ,’ चिकित्सक संघका अध्यक्ष रेग्मीले भने, ‘हामीहरु असुरक्षित भएर काम गर्न सक्दैनौँ, अनाहकमा चिकित्सकमाथि आक्रमण गर्नेहरुले उन्मुक्ति पाईरहे हामीहरु कसरी सुरक्षित भएर बस्न सक्छौँ?’

आईतबारदेखि सडक आन्दोलन थालेका स्वास्थ्यकर्मीहरुले तुलसीपुरमा वृहत बिरोध प्रदर्शन समेत गरे। तुलसीपुर बजारमा र्‍याली गरेका उनीहरुले डा. सिंहलाई कालो मोसो दल्नेहरुलाई तत्काल कारबाही गर्न स्थानीय प्रशासनलाई दबाब दिएका छन्।

तुलसीपुरदेखि सुरु भएको सडक आन्दोलन सोमबार घोराहीमा गर्ने तय भएको छ। ‘दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्नका लागि दबाब स्वरुप हामीहरुले तुलसीपुरमा वृहत बिरोध प्रदर्शन गरेका छौँ,’ रेग्मीले भने, ‘सोमबार बिहान घोराहीमा पनि आन्दोलन हुँदैछ।’

अस्पतालका मेडिकल सुपरिटेण्डेन्टमाथि आक्रमण भएपछि प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु झनै त्रस्त बनेका छन्। उनीहरुले असुरक्षाका कारण अस्पतालमा काम गर्ने वातावरण नरहेको भन्दै उचित सुरक्षा ब्यवस्थाको माग गरेका छन्। ‘अस्पतालका प्रमुखमाथि उहाँकै कार्यकक्षमा प्रवेश गरेर आक्रमण गरिन्छ, भने हामीहरु कसरी सुरक्षित रहन सक्छौँ?’ अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘यस्तो असुरक्षाका बीच कसरी काम गर्न सकिन्छ?’

घटना भएको तीन दिनसम्म पनि दोषीहरु पक्राउ गर्न नसकेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने दाबी भने गर्छ। घटनामा संलग्न सबैको पहिचान भैसकेको र उनीहरुको खोजी कार्य भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए।

‘घटनामा रहेका सबैको पहिचान भैसकेको छ, यहिँका लोकल मान्छेहरु नै हुन् सबै,’ एसपी काफ्लेले भने, ‘उनीहरु भागेर जाने कहाँ होर? हामी नियन्त्रणमा लिईहाल्छौँ।’ उनका अनुसार अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियारको नेतृत्वमा रहेको ६ जना युवाहरुको समूह यो घटनामा संलग्न छ। तर घटनामा संलग्न एकजनालाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन।

‘उनीहरुले जघन्य अपराध गरेका छन्, यो घटनामा उनीहरुले उन्मुक्ति पाउने कुरै हुँदैन,’एसपी काफ्लेले भने, ‘उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ, ढुक्क हुनुस्।’

गत शुक्रबार परियार नेतृत्वमा रहेको युवाहरुको समूहले डा. सिंहमाथि कालो मोसो दलेको थियो। अस्पतालमा ‘कल्चर सेवा’ किन नभएको भन्दै यो समूहले मेसु डा. सिंहसंग बिहीबारदेखि बिबाद गरिरहेको थियो। उनीहरुले कल्चर सेवाका बारेमा जिज्ञासा राखेको र अस्पालमा यो सेवा नभएको बताएपछि डा. सिंहसंग उनीहरुले बिबाद गरेका थिए।

बाहिरका निजी अस्पतालमा हुने तर सरकारीमा किन नभएको भन्दै डा. सिंहसंग बिबाद गर्न उनीहरु शुक्रबार पुनः डा. सिंहकै कार्यकक्षमा प्रवेश गरेका थिए। त्यसक्रममा पनि भएको सामान्य बिबादका क्रममा उनीहरुले मेसु. डाक्टर सिंहको अनुहारमा कालो मोसो दलेका थिए। डाक्टर सिंहलाई कालो मोसो दलेपछि अस्पतालबाट मोटरसाईकलमा भागेका उनीहरु अहिले सम्म फरार छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]