१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कोशी नदीमा पानीको बहाव उच्च, विभिन्न ठाउँहरुमा कटान सुरु

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८


(ABC-Sanchar)
काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ।

आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो।

नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो।

चतरामा समेत कोशी नदीको जलस्तर बढेका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आङ्कलन गरिएको छ।

यसैबीच सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेपछि श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान सुरु गरेको छ।

नदीमा पानीको बहावमा आएको उतारचढावका कारण उक्त क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । सप्तकोशी नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको उहाँले जानकारी दिनुभयो।

गरैया टापुका २० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो। स्थानीयवासीलाई सुरक्षित स्थानमा ल्याउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको र उद्धार गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!