१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नारायणी नदिले सतर्कता पार गर्यो, उच्च सतर्कता अपनाउन आग्रह

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

(ABC-Sanchar)
चितवन । नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ।

नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो।

“नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भन्नुभयो, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।”

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पङ्गेनीले बताउनुभयो।

त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ। बर्खामा बाढी र पहिराको उच्च जोखिम रहेको भन्दै उद्धारका लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो।

देवघाटको बाढी मापन केन्द्रका अनुसार आज अपराह्न ४ः४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ।

नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको विन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ। नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!