१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा सुरु हुँदै

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८


(ABC-Sanchar)
काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागका निर्देशक डा. लोकनाथ भुषालले भने, “सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।”

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने परीक्षाहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुतीर्ण भई पुनः सहभागी हुन बाँकी परीक्षार्थी तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुको लागि परीक्षा सञ्चालन हुनेछ ।

विभागबाट जानकारी प्राप्त भएको र कार्यालयले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्ने बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा का सूचना अधिकरी राजु अर्यालले बताए । विभाग अन्तर्गत १९ वटा यातायात सेवा कार्यालयहरुबाट सेवा प्रवाह हुँदै आएको छ । गत वैशाख १४ देखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा खुलाउन जनस्वास्थ्यको मापदण्ड पूरा गरी प्रगोगात्मक परीक्षा गर्ने विषयमा भदौ पहिलो साता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र विभागबीच छलफल भएको थियो ।कारोबार दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!