१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जिल्ला प्रशासन दाङले तटिय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८


(ABC-Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन दाङले एक विज्ञप्ती जारी गर्दै पश्चिम राप्ती नदीको बागासोती जलपान केन्द्रको वहावले विहान साढे ६ बजे सर्तकता तह पार गरेको बताएको छ । जिल्लामा सोमबारदेखि अविरल बर्षा भैरहेकोले जिल्ला वासी र तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ ।

साथै दाङ प्रशासनले काठ,दाउँरा लगायत अन्य कामका लागि नदि क्षेत्रमा नजान अनुरोध गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले हस्ताक्षर गरेको विज्ञेप्तीमा तटिय क्षेत्र लगायत अन्य क्षेत्रका बासिन्दालाई पनि उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!