१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

दाङ जिल्ला ट्राफिकले सवारीसाधन पर्किङ ब्यबस्थित गरिदै ट्राफिक प्रमुख : जिसी

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बजारमा सवारी साधन पार्किङ गर्नका लागि पार्किङ स्थल ब्यबस्थित गर्न थालेको छ । बजारमा जथाभावी मनपरी रुपमा पार्किङ गर्न थाले पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले यस्तो अभियान थालेको हो । साथै मनपरी पार्किङ गर्ने गाडीहरूलाई कार्बही तथा जरिवाना गर्न थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको सयुत्त रुपमा निरक्षन र चेकजाँचको क्रममा दर्जनौं सवारी साधनहरु प्रहरीले कार्बही र जरिवाना गरिएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीले बताए ।
सो क्षेत्रमा सवारी पार्किङमा अत्यधिक मनोमानी भएकोले अव्यवस्थित पार्किङलाई रोक्न नियमित चेकजाँच र निरीक्षन गर्न थालियेको छ। अब सो रेखा भन्दा भित्र मात्रै सवारी साधन पार्किङ गर्न पाईने छ। त्यो लाईन भन्दा बाहिर पार्किङ गरिएको सवारी साधनलाई ट्राफिक नियम अनुसार कार्बही गरिने दाङ जिल्ला ट्राफिक प्रमुख जिसीले बताए । अटेरी गरि लाइन भन्दा बाहिर पार्किङ गर्ने सवारी साधनलाई न्युनतम ५ सयदेखि १ हजार सम्म जरिवाना हुने दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

error: Content is protected !!