दाङ । तुल्सीपुर राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार गर्नेलाई प्रहरीले प्रकाउ गरेको छ ।सोमबार बिहान डा.सिंहलाई दुव्र्यवहार गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी सुरेश काफ्लेले जानकारी दिए ।
साथै कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र बाँकी घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताए ।