१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८


(सागर थापा)
दाङ । भगवान श्रीकृष्णको आजको दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिएको छ । कृष्ण जन्माष्टमीको अवसरमा दाङको तुलसीपुर ८ मा रहेको कृष्ण मन्दिरमा पुजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । यस वर्ष विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।
घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन । विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!