दाङ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गर्ने २ जनालाई प्रहरीले पकाउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तर पक्राउ कसलाई गरिएको हो भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।
चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये २ जनालाई पक्राउ गरिएको हो । चार जना अहिले फरार रहेको प्रहरीले जनाएको छ । चार दिनसम्म पनि प्रहरीले मुख्य आरोपी नेकपा एमाले निकट अनेरास्ववियु दाङका संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई पक्राउ गर्न सकेको छैन ।