१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सर्जन परियारले आत्मसमर्पण गरेको हैन प्रहरीले पक्राउ गरेको हो डिएसपी : रिजाल

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८


ABC (क्राईमबिट)
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद कुमार सिंहलाई मोसो दलेको अभियोगमा योजनाकार सहित मोसो लगाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा योजनाकार भनिएका सर्जन परियार, लगाउने मुख्य व्यक्ति दिलिप डाँगी र सहयोगी दिवस क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटना लगत्तै घटनामा संलग्न भएका व्यक्तिहरुलाई खोजविन र पक्राउ गर्न डिएसपी रिजालकै नेतृत्वमा टोली गठन गरेको थियो । प्रहरीले ४ वटा समूह बनाई खोजी गर्ने क्रममा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सर्जन परियारले आफू प्रहरी समक्ष आफै उपस्थित भएको भनि फेसबुकमा लेखेका थिए । तर प्रहरीले भने परियारलाई घोराहीबाटै पक्राउ गरिएको र उनको फेसबुकमा अरु कसैले प्रहरी समक्ष आफै उपस्थित भएको भनि लेखेको प्रबक्ता रिजालले जानकारी दिए ।

फेसबुमा आफुलाई झुठा मुद्धा लगाएको भन्दै हिरासत भित्र भोक हड्ताल गर्ने उल्लेख गरेका छन् । मोसो दलेको प्रकरणमा ६ जना बिरुद्ध किटानी जाहेरी परेको छ ।

अन्य ३ जनाको खोजी भैरहेको समेत दाङ प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दायर गरिएको छ ।

उनिहरु बिरुद्ध प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने छ । स्वास्थ्यकर्मीमाथि हातपात गरेमा पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ अध्यादेश ल्याएपछि नेपालमा पहिलोपटक अध्यादेश बमोजिम मुद्दा दायर भएको दाङ प्रबक्ता डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!