१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

राप्ती प्रादेशिक अस्पतालले बुधबार देखि नियमित स्वास्थ्य सेवा दिने

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

एबिसी संचार
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बुधबार देखि अस्पतालबाट नियमित स्वास्थ्य सेवा दिने भएको छ । गएको शनिबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट बिनोद सिंहलाई सर्जन परियार सहितको ६ जनाको समुहले कार्यकक्ष मै कालोमोसो दले पछि अस्पतालले अत्यावसेक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

अहिले दोषीहरुलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढेको आधिकारीक जानकारी आएकाले बुधबार देखि नियमित स्वास्थ्य सेवा प्रदान गरिने अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेद्धारा हस्ताक्षरित विज्ञेप्तीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!