ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी निरीक्षक इन्सपेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न गठित समितिले छानविन प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव सुनिल खनाल नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।
नवलपरासी पश्चिमस्थित ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत वाग्लेको साउन २५ मा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । भन्सार छलीको मोबाइल बोकेको गाडी छाडेको आरोपमा प्रदेश प्रहरी कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।
सो घटना छानविनका गर्न गृह मन्त्रालयले सहसचिव खनालको नेतृत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।