ABC (क्राईमबिट)
रुपन्देही । रोहीणी गाउँपालिका-७ सेमरहवाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब २ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १ सय २० बोरा मटर मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
लु.१ज २६४५ नम्बरको पिकअपमा लैजाँदै गरेको उक्त मटर प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
पिकअप चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।