१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

प्रहरी जवान आधारभूत तालिमका ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित

Logo
प्रकाशित बुधबार, भाद्र १६, २०७८


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त गणबाट ९७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका लुम्बिनी प्रदेश डिआइजी अर्यालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!