१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कैलाली प्रहरीले हराएको ३३ बर्ष पछि छोरासँग बाबुको पुनर्मिलन

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

ABC (क्राईमबिट)
धनगढी । कैलालीका एक जनाले हराएको ३३ बर्षपछि आफ्नो बुवा भेटाएका छन्। कैलालीको जानकी नगरपालिका वडा नम्बर ७ का ३८ बर्षका राम बहादुर डगौराले ६२ बर्ष उमेर भएका बुवा लोकेन्द्र भनिने लोकुन डगौरा थारुलाई भेटाएका हुन्।

हराएकाे ३३ बर्ष पछि सामाजिक सन्जालमार्फत भारतीय सुरक्षा र नेपाली सुरक्षाकर्मीको पहलमा सम्पर्कमा आएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीवार पत्रकार सम्मेलन गरि कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ टीकलीगढ घर भएका डगौरालाई परिवारको जिम्मा लगाएको हो। ६२ वर्षीय लोकुनलाई कैलाली प्रहरीले उद्धार गरेर परिवारसँग पुर्नर्मिलन गराएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार विगत ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि उनी वेपत्ता रहेको बुझिएको छ।

गत भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट थारु भारतको विहारमा फेला परेको भन्ने सूचना पछि भारतीय पक्षसंग समन्वय गरी उद्धार गर्न कैलाली प्रहरीलाई जानकारी गराएका थिए।

सोही अनुसार कैलाली प्रहरीले लोकुन डगौरा थारुलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत जिल्ला प्रशासन कार्यालय पर्सामा हस्तान्तरण गरेको जनाएको छ। त्यस पछि लोकुनका छोरालाई पर्सामा पठाई कैलाली ल्याइएको एसपी अधिकारीले बताए।

६२ बर्ष उमेर भएका लोकुन डगौरा थारुले सबै कुरा स्मरण गर्न र अभिव्यक्ति गर्न नसक्ने अवस्था भएको एसपी अधिकारी बताउँछन्। डगौराले नेपालबाट भिडियोमा कुराकानी गर्दा आफु टीकापर मनुवा आसपासका हुँ भनेर फोटोसहित च्याटमा पठाएका थिए। उक्त फोटोसहित मनुवा गाउँआसपासमा प्रहरीले घर घरमा गएर सोधपुछ गरेको थियो। उनलाई बिहिबार नै लोकुनका छोरा राम बहादुर डगौरा थारुलाई हस्तान्तरण गरिएको कैलाली प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!