१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

३० महिनापछी नेपाली सेनाका २ जवानहरुले सफाई पाए

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

(ABC-Sanchar)
काठमाडौं । सेनाका जवान, जेल बसेको ३० महिनापछि नेपाली सेनाका दुई जवानहरु जेल बसेको ३० महिनापछि निर्दोष ठहरिएका छन्। हतियार चोरी प्रकरणमा दोषी ठहरिएका उनीहरु सैनिक विशेष अदालतको शुक्रबारको फैसलामा भने निर्दोष ठहरिएका हुन्।
सेनाले हतियार चोरीको मुख्य योजनाकार भनी अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरुङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो। गंगाधर ढकालले चोरेर लुकाएको हतियार लव र सरोजले चोरेको भनी बयान प्रमाणित गरिएको थियो। हालसम्म लव र सरोज भरतपुर कारागारमा रहेका थिए।
सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरुङको साउन ७ गते हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो। चोरी भएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नया मोड लिएको थियो। हत्या आरोप लागेका गंगाधरविरुद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ।
०७५ साल पुस ४ गते लव र सरोजमाथि हतियार चोरीको आरोप लागेको थियो। त्यतिखेर समरी अदालतबाट उनीहरु ०७५ चैत २८ गते कारागार चलान भएका थिए। लवकुमारलाई १० र सरोजलाई ७ वर्षका लागि जेल सजाय तोकिएको थियो। चोरी भएको हतियार बेचेको आरोपमा दुई सर्वसाधारण तारा तामाङ र पवन गुरुङले भने सफाइ पाएका थिए।
हतियार चोरी घटनामा लव र सरोज संलग्न भएको जबरजस्त पुष्टि गराएको सेनाले चोरी भएको हतियार बिक्री गर्नमा भने तारा तामाङ र पवन गुरुङ संलग्न भएको भनी चितवन प्रहरीलाई अनुसन्धानका लागि पत्र पठाएको थियो। उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २१ वर्षीय पवन लवको नाताले सौतेनी भाइ हुन भने उदयपुरकै त्रियुगा नगरपालिका–४ की २८ वर्षीया तारा लवकी जेठी सासू हुन्।
त्यतिखेर चोरी भएको हतियार कहिले परालको टौवामुनि त कहिले खेतको ह्युम पाइपमा लुकाएर राख्ने गरेको गंगाधर ढकालले बयान दिएका थिए। ३० महिनासम्म निर्दोष व्यक्तिहरुले अनाहकमा कारागार सजाय भोग्दा चोरी गर्ने सेनाभित्रकै फरक व्यक्ति रहेको पुष्टि भएपछि सेनाभित्रको न्यायिक अनुसन्धान प्रकृयामा प्रश्न उठेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!