१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

करणी र डाँका मुद्दाका फरार प्रतिवादी सिआइबीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, भाद्र २८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४१ वर्षीय बल्ला भन्ने रजावुल मियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा उच्च अदालत विराटनगरको २०६८ असार ३० गतेको फैसलाले १४ वर्ष ५ महिना १२ दिन कैद सजाय र ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।

२०६४ भदौ १५ गते राति पीडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेर सुन लगायतका बहुमुल्य गहना समेत लुटेर फरार रहेको घटनामा दोषी ठहर भई उनलाई उक्त सजाय तोकिएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङ पठाइएको उक्त ब्यूरोले जनाएको छ । नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!