१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँके निकुञ्ज क्षेत्रमा रातको समयमा साइकल मोटरसाइकल पैदल यात्रा गर्न रोक

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

(ABC-Sanchar)
बाँके । राष्ट्रिय निकुञ्ज बाँके क्षेत्रमा रातको समयमा पैदल साइकल मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत् निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म मंगलबार ७ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके प्रशासनले जनाएको छ । अन्य समयमा पनि निकुञ्जद्वारा तय गरिएको व्यवस्था अनुसार सुरक्षित यात्रा गर्न भनिएको छ । केही दिन यता निकुञ्जको सिक्टा-कुसुम सडकखण्डमा पाटेबाघको चहलपहल बढिरहेकाले सुरक्षित साथ बस्न प्रशासनले आग्रह गरेको छ । बाघ बस्तीमा पस्न सक्ने र आक्रमण गर्ने जोखिम रहेकाले आम नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनबाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्ती सहितको प्राविधिक टोलीबाट नियमितरुपमा पाटेबाघको निगरानी गरिँदै आएको जिल्ला प्रशासन बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!