१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँकेमा एसपी अधिकारी आएदेखि दिनहुँ जसो अवैध सामग्रीहरु धमाधम पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट ल्याइएका अवैध सामग्री बरामद गरेको छ । बाँके प्रहरीको टोलीले भारतबाट बिना भन्सार ल्याएर कोहलपुर तर्फ ल्याउँदै गरेको अवैध सामाग्रीलाई मंगलबार नेपालगन्ज १८ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

भन्सार छलेर ल्याइएका सामाग्रीहरुमा सुर्तीजन्य पदार्थ , बिभिन्न लत्ताकपडा र अन्य सामाग्री गरि ९३ हजार ९९५ रुपैयाँ बराबरको रहेको एसपी अधिकारीले बताए । आज बरामद गरेका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले बताएको छ ।

बाँके प्रहरीले तस्करीविरुद्ध कडा निगरानी बढाउदै धमाधम चोरबाटो हुँदै भन्सार छलेर ल्याइएका अवैध सामाग्रीलाई दिनहुँ बरामद गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!