(ABC-Sanchar)
काठमाडौँ । काठमाडौँको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिटमा संलग्न चार जना पक्राउ परेका छन् । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर घर भई स्वयम्भू ठुलो भर्याङमा धामी काम गर्ने दीपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
गत २१ भदौमा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्रलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले पत्नीलाई धामी थिङको घरमा झारफुक गर्न लगेका थिए ।