
(ABC-Sanchar)
बर्दिया । प्रहरीले बेवारिसे अवस्थामा चिनि बरामद गरेको छ । गुलरिया नगरपालिका–१ स्थितबाट मंगलबार प्रहरीले चिनि बरामद गरेको हो ।
भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको चिनी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद चिनि ३ क्विन्टल ५० किलोग्राम मुल्य रु २१ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रहरीले बेवारिसे चिनि बरामद गरी कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।