१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जागिर खान किशोरकिशोरीको आकर्षण ५ हजार मागमा झण्डै १ लाख आवेदन

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा समावेशी प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ।

नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार २२७ जना प्रहरी जवानको माग गरेको थियो । सो पदका लागि करिब ९५ हजार आवेदन परेको छ । यसअनुसार एउटा पदका लागि १८ जनाबीच प्रतिस्पर्धा भएको देखिन्छ।

त्यस्तै नेपाली सेनाले पनि यही १८ गतेबाट चार हजार सैन्य ९सिपाही०को माग गरेको छ । सैन्यमा भर्ना हुन दरखास्त आवेदन दिन आउनेहरूको सैनिक मुख्यालयलगायत विभिन्न बाहिनी र गणहरूमा किशोरकिशोरीको भीड देखिन्छ ।

सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट जनशक्ति आपूर्ति गर्न सैन्य (सिपाही)देखि प्राविधिक परिचारिक (नर्सिङ) हेल्थ असिस्टेन्ट, मेकानिकल्स र पुजारीलगायत चार हजार ४६१ पदका लागि दरखास्त आह्वान गरेको छ ।

सुरक्षा निकायहरूको तल्लो तहको दर्जा सैन्य, सिपाही तथा जवानका लागि शैक्षिक योग्यता साधारण शिक्षा ९८ कक्षा उत्तीर्ण० र १८ देखि २२ वर्ष उमेर तोकिएकाले सो दर्जामा आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउछन् ।

यस पटक सेनाले भदौ १८ र ३० गते दुई पटक गरी चार हजार ४६१ जना जनशक्तिको माग गरेको छ । एउटा सैन्य पदका लागि १५ देखि २० जनासम्मको आवेदन पर्ने अनुमान गरिएको छ ।

राज्यका अन्य सुरक्षा निकायभन्दा सेनाप्रति किशोरकिशोरीको आकर्षण बढेको देखिन्छ।
गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!