१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँके प्रहरीले लाखौं मुल्यको अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी बाँकेले भारतबाट बिना भन्सार ल्याइएका अवैध सामाग्री पक्राउ गरेको छ।

जिल्ला प्रहरीबाट प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याउदै गरिएका १ लाख रुपैयाँ बढीका अवैध सामाग्रीलाई नेपालगन्ज १० स्थित ट्राफिक चोकबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले एबिसी संचारलाई जानकारी दिएका छन् ।
बाँके प्रहरीले चोरी पैठारी गरी ल्याइएका अवैध लत्ताकपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोगडा लगायतका १ लाख ४ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न अवैध सामाग्रीलाई आज आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके एसपी अधिकारीले जानकारी दिएका छन् ।

बाँके प्रहरीले दिनहुँ जसो चोर बाटो हुँदै ल्याइएका भन्सार छलीका अवैध सामाग्री निरन्तर पक्राउ गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!