
ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग तारकेश्वर, नेपालटारमा नव-निर्मित भवनको आज एक कार्यक्रम बिच समुद्धघाटन भएको छ ।
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा नगर उप-प्रमुख भवानी डोटेल, महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी अशोक सिंह र महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले संयुक्त रूपमा भवन समुद्धघाटन गर्नुभएको थियो । 
महानगरीय ट्राफिक प्रहरी प्रभागको नव-निर्मित भवन समुद्धघाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै एसएसपी जनक भट्टराईले समुदायको सहयोग बिना प्रहरी एक्लैल गर्न नसक्ने भएकाले यस भवन निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्नु समुदाय प्रहरी साझेदारीको गतिलो उदारण भएको बताउनुभयो ।
भवन निर्माणमा आर्थिक सहयोग पुर्याउने तारकेश्वर नगरपालिका मेयर सहयोगी महानुभावहरू,भवन निर्माण समितिका पदाधिकारीहरू र अन्य प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यवाद दिनुहुदै नागरिकले प्रहरी प्रति विश्वास,भरोसाका साथ भवन निर्माण गरी हस्तान्तरण गर्नुले नागरिक सुरक्षा प्रति थप जिम्मेवार र कर्तव्यबोध भई यहाँका स्थानीय नागरिकहरूले शान्तिसुरक्षाको महसुस हुने गरी सेवा प्रवाह गर्न महानगरीय ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।