१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती महानिरीक्षक : क्षेत्री

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अवैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् । उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए ।

आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक थापाले लागूऔषध सेवनकर्ताको उपचार र पुनःस्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर रहे पनि नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित केन्द्रले स्थापनाकालदेखि नै पुनःस्थापना कार्यक्रम अघि बढाएकोमा प्रशंसा गरे । लागूऔषध दुर्व्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उनले बताए ।

केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यलाई शारीरिक व्यायाम तथा प्रशिक्षण प्रदान गर्न बनाइएको व्यायामशालाको उद्घाटन गरे । सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो । उनले नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत दुई विद्यार्थीलाई एक वर्षको मासिक छात्रवृत्ति प्रदान गरेका थिए ।

समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!