१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बर्दियामा बँदेललाई थापेको पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, आश्विन ०२, २०७८


ABC (क्राईमबिट)
बर्दिया । बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको करेन्टकाे पासाेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।

गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक जनाको ज्यान गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।

धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो । उज्यालो खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!