२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

संविधान दिवसको अवसरमा दाङका दुई कारागारबाट १२ कैदीबन्दी रिहा

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८

दाङ । संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो । घोराहीमा ३ जना कर्तव्य ज्यान, १ जना सवारी ज्यान र १ जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको जेलर युवराज परियारले जानकारी दिए ।

घोराही कारागारमा अहिले ३ सय २५ जना कैदीबन्दी रहेका छन् । यस्तै तुलसीपुर कारागारबाट ६ जना कर्तव्य ज्यान मुद्धा र एक जना चोरी मुद्धाका कैदी बन्दी रिहा भएका छन् । कारागारमा अहिले एक जना महिला र तीन जना बालबालिकासहित ४९० जना कैदीबन्दी रहेको जेलर बिष्णप्रसाद पाण्डेले जानकारी दिए । सरकारले हरेक विभिन्न दिवसको अवसरमा असल आचरण, ५० प्रतिशत कैद भुक्तान गरिसकेका केदीबन्दीलाई रिहा गर्ने गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गर्नुभएको छ । कैद माफी र कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष गएको भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]