१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

संविधान दिवसको अवसरमा दाङका दुई कारागारबाट १२ कैदीबन्दी रिहा

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८

दाङ । संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो । घोराहीमा ३ जना कर्तव्य ज्यान, १ जना सवारी ज्यान र १ जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको जेलर युवराज परियारले जानकारी दिए ।

घोराही कारागारमा अहिले ३ सय २५ जना कैदीबन्दी रहेका छन् । यस्तै तुलसीपुर कारागारबाट ६ जना कर्तव्य ज्यान मुद्धा र एक जना चोरी मुद्धाका कैदी बन्दी रिहा भएका छन् । कारागारमा अहिले एक जना महिला र तीन जना बालबालिकासहित ४९० जना कैदीबन्दी रहेको जेलर बिष्णप्रसाद पाण्डेले जानकारी दिए । सरकारले हरेक विभिन्न दिवसको अवसरमा असल आचरण, ५० प्रतिशत कैद भुक्तान गरिसकेका केदीबन्दीलाई रिहा गर्ने गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गर्नुभएको छ । कैद माफी र कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष गएको भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!