२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

संविधान दिवसको अवसरमा महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता सोभा पाठक सम्मानित

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८


(सागर थापा)
काठमाडौं । संविधान दिवसको अवसरमा महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता सोभा पाठक सम्मानित भएकी छिन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले आईतबार के.सी.लाई सम्मान गर्नु भएको हो ।

महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता पाठक साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई सामाजिक सेवाको कार्यमा समेत अग्रसर रहँदै आएकी छिन् । उनी विभिन्न सामाजिक सम्मानबाट सम्मानित भईसकेकी छिन् ।

राष्ट्रिय नागरिक विकास समाजले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त देशका विभिन्न जिल्लाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ, महिला उद्यमी वसुमाया तामाङ, जिवजन्तु संरक्षण अभियन्ता पारु गुरुङ, वरिष्ठ सामाजिक अभियन्ता तारा प्रसाद त्रिपाठी, समाजसेवी ओम शंकर श्रेष्ठ,राखिन्द्र कुमार थिङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता, पूर्वगृहमन्त्री वामदेव गौतमको विशेष आतिथ्यता तथा संस्थाका अध्यक्ष महेश कुँवरको सभापतित्वमा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]