२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

प्रेसमाथि अकुंश लगाउने कानुन स्वीकार्य हुन्न: महासंघ केन्द्रिय अध्यक्ष बिपुल पाेखरेल

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाइ अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने बताएका छन ।

संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाए ।

नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका शुरू भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेले प्रेसमैत्रि कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराए।

लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेस विरोधि छ,त्यसलाई फिर्ता गर्न माग गरेका छौुं अध्यक्ष पोखरेलले भने,सरकारले नसच्याए महासंघले स्विकार गर्दैन ।ु

उनले लुम्बिनी सहित केही प्रदेशले बनाएका मिडिया सम्बद्व कानुन प्रेसविरोधि भएकाले त्यसका विरूद्व पत्रकारहरू बोल्नुपर्ने बताए । अध्यक्ष पोखरेलले पत्रकारिता प्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नु पर्ने बताए ।

पत्रकारिता तालिममले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयमर पार्ने विश्वास समेत व्यक्त गरे ।

पत्रकारहरूले जस्तो पनि समाचार लेख्छन भन्ने छाप परेको भन्दै जनताले विश्वास गर्नेगरी समचार लेख्न सके पत्रकारको स्तर कायम हुने बताए । पत्रकारले समाजको अपेक्षा बुझेर जिम्मेवारी निर्वाहा गर्नु पर्ने भन्दै पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रसस्त अवसर रहेको बताए । उनले पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्दि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको बताए ।

तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मान सिंह बिश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोख्रेल, सचिव विनोद परियारले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरे ।

तालिम विहान र दिउसो गरि २ समूहमा सञ्चालन गरिएको छ । तालिमको महासंघका निर्वतमान अध्यक्ष गोविन्द आचार्यले सहजिकरण गरेका गर्नेछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]