१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बर्दिया प्रहरीले अपराधिक क्रियाकलाप रोक्न जनचेतना अभियान कार्यक्रम सुरु

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

(महेन्द्र सिंह)
बर्दिया । खुल्ला सिमानामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले जनचेतनामुलक अभियान सुरु गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–९ स्थित वडा कार्यालयको प्राङगणमा र मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक उपभोक्ता समितिको भवनमा जनचेतनामुलक कार्यक्रम गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार कार्यक्रम गरिएको छ । खुल्ला सिमानामा हुने लागु औषध ओसार पसार, तस्करी र अपराधिक गतिविधि नियन्त्रण गर्न सिमा क्षेत्रका स्थानीय नागरिकको ठुलो भुमिका हुन्छ । सिमा क्षेत्रका नागरिकलाई सचेत गराए तस्करी जस्ता अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास प्रहरीले लिएको छ ।

सिमा क्षेत्र बस्तीका नागरिकलाई अपराधिक गतिविधिको बारेका प्रहरीले सचेत गराई अपराध नियन्त्रण गर्ने उदेश्यले प्रहरीले जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ । प्रहरीले चलाएको जनचेतना मुलक कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी र स्थानीय नागरिक गरी ८५ जनाले सहभागिता जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेल र सिमा प्रहरी चौकी मथुराका प्रहरी नायव निरीक्षक नरेन्द्र शाहीले गुलरिया नगरपालिका–९ मा र कोठियाघाट प्रहरी चौकीबाट प्रहरी निरीक्षक दिनेश चदाराले मधुवन नगरपालिका–२ मा जनचेतना कार्यक्रम गरेका छन् ।
फरक समाचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!