१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँकेको कुसुमदेखि अगैया क्षेत्रमा ४ वटा पाटेबाघ फेला मोटरसाइकल र पैदल यात्रीलाई खतरा

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

(ABC-Sanchar)
बाँके । राष्ट्रिय निकुञ्ज बाँके अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ। निकुञ्ज कार्यालयले हालै बिछ्याएको ‘क्यामेरा ट्रापिङ’ बाट उक्त बाघको बथान फेला परेको हो।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा एक साताअघि स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने भारतीय नागरिकलाई बाघले राजमार्गबाट करिव ५ सयमिटर निकुञ्जभित्र लगेर खाएको थियो। बाघले आधा शरीर खाएको अवस्थामा उनको शव भेटिएको थियो । बाघले सोही गाउँमा बाख्रा र गाईलाई पनि मारेको थियो।

पाटेबाघले गाउँ आसपासको क्षेत्रमा आफ्नो उपस्थिति देखाउन थालेपछि निकुञ्जले निगरानी बढाउन विभिन्न सम्भावित ठाउँमा क्यामेरा बिछ्याएको थियो। यसका साथै दुई वटा हात्तीसहित नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित रुपमा गस्ती गर्दै आएका थिए।

उक्त बाघ नियन्त्रण गर्न निकुञ्जले आहारका लागि गाभर नजिकको जंगलमा एउटा राँगो नै बाँधेर राखिदिएको थियो। तर, बाघले राँगोलाई नखाएर आफ्नो दिशा परिर्वतन गरेको निकुञ्जका कर्मचारीको आशंका छ। आइतबार बेलुकी साढे ५ बजेतिर दुई वटा पाटेबाघको जोडी एक्कासी गाउँभन्दा करिव ३ किमी पूर्वस्यानीखोली राजमार्ग जंगलमा फेला परेपछि बाघ पुरानै ठाउँमा फर्किएको अनुमान गरिएको थियो। निकुञ्जले बिछ्याएको क्यामेरा हेर्दा अहिले त्यहाँ चार वटा वयस्क पाटेबाघ फेला परेको तथ्य बाहिर आएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले चारवटै बाघलाई गाभर र सौरीको बीच जंगलमा क्यामेराले कैद गरेको बताए। ‘अहिले निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्ती सोनारीको गाभर र सौरी बीचको जंगल हो,’ उनले नागरिकसँग भने, ‘बाघको बथान नै गाभर र सौरी खण्डको जंगलमा रहेको हाम्रो क्यामेराले देखायो, यिनीहरु कहिले निकुञ्ज क्षेत्रमा देखिन्छन्, कहिले सामुदायिक जंगलमा देखिरहेका छन्।’

क्यामेरामा कैद भएका चार वटा बाघ मान्छेलाई आक्रमण गरेको मध्येकै हुन् वा होईनन्, भन्नेमा यसबारे एकीन हुन नसकेको प्रमुख शाहले बताए। ‘त्यो क्षेत्रमा अहिले हाम्रो अनुगमनले चार वटा वयस्क बाघ देखियो, त्यो चार वटा मध्ये हामीले यस वर्ष पनि निकुञ्जका पाटेबाघको क्यामेरा ट्रयापिङ प्रविधिबाट अनुगमन गरेका थियौं, ति चार वटा मध्ये तीन वटाको पहिचान त भईसक्यो,’ उनले भने, ‘विगतमा पनि हाम्रो क्यामेरा ट्रयापिङको फोटोमा तीन वटा चाही पहिचान भईसकेका छन्, अब एउटाको पहिचान हुन बाँकी छ।’

क्यामेरामा परेका बाघ सबै वयस्क देखिएको उनले सुनाए। केहीदिन अघि मान्छे खाएको बाघलाई निकुञ्जले माउलाई छाडेर स्वतन्त्रपूर्वक हिँडिरहेका बच्चा बाघ भएको हुन सक्ने अनुमान गरेको थियो। तर, अहिले क्यामेरामा परेका सबै वयस्क बाघ रहेका छन्। शाहले थपे, ‘हामीले टाँढाबाट हेरेको कारणले गर्दा बच्चा जस्तो लागेको पनि हुन सक्छ, तर फोटोमा हेर्दा त बच्चा देखिएन, यि चाही वयस्क बाघ हुन्।’

यस हिसाबले कुसुम क्षेत्रमा बाघको संख्या अझै धेरै रहेको हुन सक्ने प्रमुख संरक्षण अधिकृत शाहको अनुमान छ। बाघले मान्छे र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि निकुञ्जले दुई वटा हात्तीमार्फत नियमित अनुगमन गरिरहेको र सेना तथा कर्मचारीले पनि नियमित गस्ती गर्दै आएको र नियन्त्रण गर्न कठिनाई भइरहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए। बाघ नियन्त्रणमा नआएकाले राजमार्गमा यात्रा गर्ने सवारी साधनलाई कडाई गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।

‘रातीको समयमा त्यसक्षेत्र लगायत निकुञ्ज भएर जाने राजमार्गमा पैदल, साईकल, मोटरसाईकललाई रोक लगाइएको अवस्था छ, गाभरमा जुन दिन घटना भयो, त्यसको भोलिपल्ट हामीले बाघलाई नियन्त्रणमा लिनको लागि जंगलमा राँगो बाँधेका छौं र यदी त्यो राँगो खायो भने बाघलाई लठ्याएर त्यसलाई नियन्त्रणमा लिने भन्ने योजना मुताविक हामी त्यहाँ प्राविधिक ख्टाइएको छ,’ उनले भने।

निकुञ्जका प्राविधिकहरु त्यस क्षेत्रमा अहिले पनि खटिरहेका छन्। राजमार्गमा पाटेबाघ अचेल प्रायः दैनिकजसो देखिने गरेका छन्। निकुञ्ज संरक्षणसँगै वन्यजन्तुको संख्यामा वृद्धि भएपनि संरक्षणमा चुनौती देखिएको शाह बताउँछन्। पाटेबाघबाट थप दुर्घटना निम्तिन नदिनका लागि निकुञ्जले विभिन्न सरोकारवाला निकाय र स्थानीय सर्वसाधारणसमक्ष सूचना जारी गरिरहेको छ। स्रोत अर्जुन ओलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!