
(ABC-Sanchar)
चितवन । नारायणगढ मुग्लिन – मनकामना सडक खण्डमा माथिबाट पहिरो आएपछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
मुग्लिन भन्दा करिब १ किलोमिटर पछाडी मुग्लिन-मनकामना खन्डमा माथिबाट ठूलो ढुङगा सहितको पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
अत्याधिक वर्षाको कारण माथि डाडाँ बाट ठूलो पहिरो आएपछि बेलुका ११ बजेबाट अवरुद्ध भएको सडक खुल्न सकेको छैन । 
अहिले सम्म सडक खुलाउने काम भएको छैन । सडक अबरुद्ध भएपछी गन्तव्यमा हिडेका हजारौ यात्रु अलपत्र परेका छन । सुत्केरी तथा बिरामी लिएर आएको एम्बुलेन्स समेत पहिरोले छेकिदा बिरामीलाई समस्या परेको छ । उता ट्राफिक प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।
सडक अवरुद्ध हुँदा काठमाडौ जाने र आउने सवारी बिच बाटामै रोकिएका छन् । दिनँहु जसो सडकखण्ड अवरुद्ध हुँदा सो बाटो भएर आवतजावत गर्ने यात्रुहरु समस्यामा पर्ने गरेका छन् । यस तर्फ सरोकार वाला निकयले समयमै चासो नदिएको भन्दै यात्रु आक्रोशित बनेका छन ।