१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

कोहलपुर प्रहरीले चाडबाडलाई लक्षित गर्दै २४ औ घन्टा गस्ती बढायो मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन ०६, २०७८

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय बाँकेले मोटरसाईकल चोरी गर्ने दुई जनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा कोहलपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई मोटरसाईकल सहित पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने कोहलपुर ८ पिपिरीका पे्रम चौधरी र सोही ठाउँका हुम बहादुर गिरीलाई सोमबार पक्राउ गरेको हो ।

बितेको डेड महिना अघि उनीहरुले कोहलपुरको कृषिबजार चोक नजिकैबाट रातिको समयमा मोटरसाईकल चोरी गरेका थिए । ‘हाम्रो नाता पर्ने आफन्त मरेको थियो । राती कुर्न भनि पिपिरीबाट हामी दुईजना कोहलपुर आयौ । तर हामी मान्छे मरेको घरमा नगएर बसपार्क रक्सी खान गयौं ।’ मोटरसाईकल चोरी गर्ने प्रेम चौधरीले भने । ‘हामीसँग अर्को एक जना साथी पनि थियो । रक्सी एकदमै धेरै खाईयो । रक्सी खाएर निस्किरहेको बेला कृषि चोक नजिकैको घरमा मोटरसाईकल पार्किङ गरिराखेको थियो । हामीसँग भएको साथीले यो बाईक उठाउ भन्यो हामी त्यही बाईक लिएर त्यहाँबाट पिपिरी गयौं ।’

यस्तै अर्को मोटरसाईकल चोरी गर्ने गिरी भन्छन्,–‘त्यो साथीले प्रेमलाई पिपिरी पुरायो मलाई बबई छोड्न गयो । आफू कोहलपुर आयो । त्यसपछि केही दिन पछि मोटरसाईकल म सँगै बबई छोडिदियो । यो मोटरसाईकल लगेर जा भन्दा पनि आएन । त्यो बेला हामी रक्सीले मात्तिएकोले मोटरसाईकल चोरेको पनि थाहा भएन ।’ त्यो बेला रक्सीले मात्तिएर चोरी गरियो तर डेड महिनासम्म पनि किन मोटरसाईकल नफर्काएको भन्ने प्रश्नमा उनले भने,–‘फर्काउन डर लाग्यो ।’ उक्त मोटरसाईकल चोरी गर्ने एक जना फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्सपेक्टर होम प्रकाश चौधरीले बताए । उनले उनीहरुहरु मोटरसाईकल चोर्ने ग्रुप मध्येका हुन् । कोहलपुरबाट मोटरसाईकल चोरेर पहाडी जिल्लामा सप्लाई गर्ने गरेको बताए । उनका अनुसार हाल उनीहरुको अनुसन्धान भैरहेको र कानून अनुसार कारवाही गरिने छ ।

यस्तै मंगलबार पनि एक जना मोटरसाईल चोरी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको छ । चाडपर्व नजिकिदै जादा कोहलपुर प्रहरीले आफ्ना गतिविधिलाई थप सक्रिय बनाएको छ । चाडपर्वको समयमा चोरी डकैती जस्ता अपराधिक क्रियाकलाप धेरै हुने भएको हुँदा आफ्नो क्रियाकलापलाई थप सक्रिय बनाएको ईलाका कार्यालय कार्यालय कोहलपुरका प्रहरी प्रमुख, डिएसपी रविन्द्र खनालले बताए । दशैँ, तिहार लगायतका चाडबाड नजिकिँदै जाँदा कोहलपुरका विभिन्न स्थानमा चोरीका घटना थपिँन सक्ने बताउँदै उनले चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले विशेष सुरक्षासहित प्रहरी सक्रिय भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!