२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङको तुलसीपुरबाट लागुऔषध सहित मेडिकल संचालिकालाई पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन ०६, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुर ८ घर भइ हाल तुलसीपुरको बसपार्कमा फ्युजन हेल्थ कियर मेडिकल संचालन गर्दै आएकी ४० बर्षकी तीलाकुमारी सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।

त्यस्तै मेडिकल संचालिकाले अबैध लागुऔषध बिक्रीबितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलिले सुनारलाई मेडिलबाट बाटै पक्राउ गरेको हो ।

यस्तै पक्राउ परेकी सुनारको साथबाट प्रहरीले एक लाख १६ हजार ८ सय ५० रुपैयाँ , प्रतिबन्धित ट्रामाडोल, ट्राब, अन्टीकोफ नाम लेखिएका विभिनन कम्पनीका ३४९० वटा औषधीका ट्याबलेट र ६ वटा मोबाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]