२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

पर्सा प्रहरीले १२० वटा सिरप लागूऔषध सहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

(रवि वर्णवाल)
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले गोप्य सूचनाको आधारमा मंगलवार र बुधवार गरी ४ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।

पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर बुधबार दिउँसो २ बजे चेकजाँच गर्दा निजहरूले बोकेको रसभरीको डब्बा भित्रबाट लागू औषध सय एमएलको बिनपिरेक्स सिरप १२० थान बरामद भएको थियो ।

पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली थिए । यसअघि हिजो वीरगञ्ज वडा नम्बर १६ शंकर आचार्य दवारबाट लागू औषध ब्यूरो टोलीले पैदल हिडिरहेका सर्लाही लालबन्दीका सुरज पासवान र कञ्चनपुर भीमदत्त नगरपालिका २१ वर्षीय लक्ष्मण विष्टबाट ३.४० ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]